close

पाकिस्तान र इंग्ल्यान्डको रोमाञ्चक टि-२० : आइतबारको खेल निर्णायक हुने

पाकिस्तान र इंग्ल्यान्डको रोमाञ्चक टि-२० : आइतबारको खेल निर्णायक हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले छैटौं टी-२० प्रतियोगितामा जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

यस जितसँगै इंग्ल्यान्डले ७ खेलको सिरिजमा ३-३ को बराबरी गरेको छ । दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

पाकिस्तानले दिएको १७० रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १६९ रन जोडेको थियो ।