close

भारतीय तीव्र गतिका बलर बुमराहले विश्वकप गुमाउने

भारतीय तीव्र गतिका बलर बुमराहले विश्वकप गुमाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जस्प्रित बुमराहले टि२० विश्वकप गुमाउने भएका छन् । 

दुई सातापछि अष्ट्रेलियामा हुने विश्वकप नै बुमराहले ढाडको चोटको कारण गुमाउने भएको हो ।  बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । अब बुमराह नहुँदा दिपक चाहरले स्थान लिनसक्ने सम्भावना छ ।

टि-२० विश्वकप आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुनेछ । भारतले पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।