close

रियल लगातार जित्दा पिएसजी बराबरीमा रोकियो

रियल लगातार जित्दा पिएसजी बराबरीमा रोकियो

Trulli
ADVERTISEMENT

काठमाडौं । रियल म्याड्रिडले च्याम्पियन्स लिगमा जितको लयलाई कायमै राखेको छ । 

गएराति घरेलु मैदानमा भएको खेलमा युक्रेनियन क्लब साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले लगातार तेस्रो जित निकालेको हो । रियलको जितमा रोड्रिगो र भिनिसियस जुनियरले एकएक गोल गरे भने साख्तारका ओलेसान्द्र जुब्कोभकोले एक गोल फर्काए ।  

त्यस्तै समूह ‘एच’मा रहेको पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले बेन्फिकासँग १-१ गोलको बराबरी खेलेको छ । खेलको २२औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । नेयमारको पासमा डिबक्स बाहिरबाट उनले सुन्दर गोल गरेका थिए । तर, ४१औं मिनेटमा पिएसजीकै डानिलो पेरेराले आत्मघाती गोल गर्न पुगेपछि खेल बराबरीमा रोकियो ।