close

एसी मिलानविरुद्ध चेल्सीको जित

एसी मिलानविरुद्ध चेल्सीको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई पराजित गरेको छ । समूह चरणअन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सीले एसी मिलानलाई ३-० गोल अन्तरले हराएको हो ।

खेलको २४औं मिनेटमा वेस्ले  फोफानाले गोल गर्दै चेल्सीलाई सुरवाती अग्रता दिलाएका थिए । ५६औं मिनेटमा पिएरे एमरिक अबमेयाङले चेल्सीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ६२औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।