close

सिटी प्रिमियर लिगको शीर्षस्थानमा

सिटी प्रिमियर लिगको शीर्षस्थानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

शनिबार राति साउथह्याम्पटनलाई ४-० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । घरेलु मैदानमा जोआ कान्सेलोले २० औं मिनेटमा गोल गर्दै सिटीलाई सुरवाती अग्रता दिलाएका थिए ।

खेलको ३२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता २-० को बनाए । ४९औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए ।

त्यसपछि खेलको ६५औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए । जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीले ९ खेलमा २३ अंक जोडेको छ ।