close

नेपाल र  चाइनिज ताइपेबीचको खेल आज

नेपाल र  चाइनिज ताइपेबीचको खेल आज

Trulli
ADVERTISEMENT

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ ।  खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

समूह 'एफ' मा रहेको नेपाल र ताइपे अंक विहीन छन् । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।