close

बार्सिलोना, युभेन्टस र एट्लेटिको समूह चरणबाटै बाहिरियो

बार्सिलोना, युभेन्टस र एट्लेटिको समूह चरणबाटै बाहिरियो

Trulli
ADVERTISEMENT

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा बायर्न र इन्टरले स्थान बनाउँदा बार्सिलोना बाहिरिएको छ । साथै समूह एजबाट पिएसजी र बेन्फिकाले स्था सुरक्षित गर्दा युभेन्टस पनि बाहिरिएको छ ।

बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेसँगै बार्सिलोना बाहिरिएको हो । 

बुधबार भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको थियो । उक्त नतिजासँगै बार्सिलोना समूहको तेस्रो स्थानमा रहने पक्का भएको हो । 

बायर्नले ५ खेलमा १५ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का गर्यो । इन्टर ५ खेलम १० अंकसाथ दोस्रो स्थानमा रहने पक्का भएको छ । 

यता, च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले आयक्सलाई ३–० गोलले हरायो ।

यो समूहबाट नेपोली १२ अंकसहित यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ५ खेलमा १२ अंक छ  । लेभरकुसनसँग २-२ गोलको बराबरी खेलेको एट्लेटिको मड्रिड बाहिरिएको छ ।

त्यस्तै, बेन्फिकासँग मंगलबार राति ३–२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । 

समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।