close

टी-२० विश्वकपमा आज ३ खेल : दक्षिण अफ्रिकाले ब्याटिङ गर्दै

टी-२० विश्वकपमा आज ३ खेल : दक्षिण अफ्रिकाले ब्याटिङ गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज ३ खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका बंगलादेश, दक्षिण अफ्रिका, भारत, नेदरल्यान्डस्, पाकिस्तान, जिम्बाबेको खेल रहेको छ ।

आजको पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिकाबीच सिड्नीमा खेल सुरु भएको छ । समूह बीको शीर्षस्थानमा रहेको बंगलादेशले टस हारेर फिल्डिङको निम्तो पाएको छ भने दक्षिण अफ्रिकाले ब्याटिङ गर्दैछ । 

त्यस्तै दोस्रो खेलमा पौने १ बजे सिड्नीमै भारत र नेदरल्यान्डसबीच खेल हुँदैछ । आज हुने तेस्रो खेलमा पाकिस्तान र जिम्बाबे पर्थमा दिउँसो पौने पाँच बजे खेल्दैछन् ।

अस्ट्रेलियामा भइरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । 

सुपर १२ को समूह ‘ए’ मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २/२ अंक जोडेका छन् । 

सुपर १२ को समूह ‘बी’ मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका र जिम्बावे १/१ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । पाकिस्तान र नेदरल्यान्ड्स भने अंकविहीन छन् ।