close

के बयान दिए, सन्दीप र पीडित भनिएकी किशोरीले

के बयान दिए, सन्दीप र पीडित भनिएकी किशोरीले

Trulli
ADVERTISEMENT

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् ।

सोमबार प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बेलिबिस्तार लगाउँदै आफूमाथि भदौ ५ गते राति दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी हुन् । 

जाहेरीमा किशोरीले आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् ।

सन्दीपले आफूलाई नगरकोटमा पुराएर त्यहीँसमेत राख्न खोजेकामा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौँ ल्याएर होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा दुईपटक बलात्कार गरिएको बताएकी छिन् । 

तर,सन्दीप लामिछानेले  आफूले जबर्जस्तीकरण नगरेको बताएका छन् । 

सन्दीपले बयानमा भनेका छन्, ‘त्यसपछि मलाई निजले भनेको कुरा पनि ठिक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्योभन्दा बरु अर्को कोठा लिन्छु, म त्यहीँ सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्‍याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यही बस्नुस्, हामी यहीँ बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन् ।’

आफू धेरै बेर कुर्चीमा बसेको देख्दा निजले बेडमा आएर बस्नसमेत आग्रह गरेको तर आफूले ‘हैन म यहीँ ठिक छु’ भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्चीमा बसेको र निज बेडमै रहेको सन्दीपको भनाइ छ ।