close

खेलाडी उत्पादनको लागि भक्तपुरमा नगरव्यापी प्रतियोगिता

खेलाडी उत्पादनको लागि भक्तपुरमा नगरव्यापी प्रतियोगिता

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आज सो कार्यक्रमको उद्घाटन गरेका हुन् । 
 
 उनले कार्यक्रम पूर्ण सफलताको कामना गर्नुहुँदै खेलकुद शिक्षाको अभिन्न अंग भएको बताए ।

खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउँदै अध्यक्ष बिजुक्छेँले समाजवादी देश क्युवा खेलकुदमा धेरै प्रगति गरेको देश भएको बताए  ।
 
कार्यक्रममा नगरप्रमुख प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रीहरु तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताए । खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उनले बताए । 

नगरपालिकाको वडा नं १ का वडाध्यक्ष तथा भक्तपुर नपा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले  भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन÷जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १४ ओटा खेलका लागि प्रतिस्पर्धा हुने जानकारी दिए ।