close

सिद्धकुमाखमा 'एकल नृत्य' प्रतियोगिता सम्पन्न

सिद्धकुमाखमा 'एकल नृत्य' प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

सल्यान । सिद्ध कुमाख गाउँपालिकामा  बाल प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत 'एकल नृत्य' प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको  महिला तथा बालबालिका शाखाको आयोजनामा शुक्रबार सो प्रतियोगिता सम्पन्न भएको हो । 

पालिकाको  वडा नं १ मा रहेको श्री महेन्द्र आदर्श माविको प्राङ्गनमा प्रतियोगिता सम्पन्न भएको पालिकाले जनाएको छ । प्रतियोगितामा साविक बाँझकाडा गाविसका १८ वर्ष मुनिका बालबालिकाहरुको नृत्य प्रतियोगितामा समावेश गरिएको शाखाले जनाएको छ । 

  १७ जना बीच भएको प्रतियोगितामा लक्ष्मी बस्नेत, लक्ष्मी बुढाथोकी, ओम कुमारी बुढाथोकी र गोमा बुढाथोकी फाइनलको लागि छनौट भएका छन ।