close

राष्ट्रिय परिचयपत्रका लागि आवश्यक कागजपत्र उपलब्ध गराउन अनुरोध

राष्ट्रिय परिचयपत्रका लागि आवश्यक कागजपत्र उपलब्ध गराउन अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं ।  बूढानीलकण्ठ नगरपालिका-१० ले राष्ट्रिय परिचयपत्रका लागि आवश्यक कागजपत्र संकलन गराउनुहुन अनुरोध गरेको छ । वडा नम्बर १०ले एक सूचना जारी गरी यस्तो अनुरोध गरेको हो । 

‘२००६/०६/३० गते आइतबारदेखि यस बडा कार्यालयमा कार्यालय समय भित (सार्वजनिक बिदाको दिन बाहेक) राष्ट्रिय परिषयपजको लागि थ्यक्तिगत तथा जैविक विवरण सहितको विवरण सकलन गर्ने कार्यक्रम सचालन हुने भएको हुँदा तपशीलको कागज सहित विवरण संकलन गराउनु हुन सबैमा यो सुचना मार्फत जानकारी गराइन्छ,’ वडाद्वारा जारी सूचनामा उल्लेख छ । 

नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल, जागरिकताकाे प्रमाणपत्रमा जन्ममिति स्पष्ट नखुलेको हकमा जन्ममिति खुल्ने प्रमाणपत्र, बसाइसराई गरी आएको हकमा बसाइसराईको सक्कल प्रमाणपत्र लिएर उपस्थिति हुन वडाले अनुरोध गरेको छ ।