close

ढुंगा, गिटी, बालुवा उत्खनन् नरोके कारबाहीको चेतावनी

ढुंगा, गिटी, बालुवा उत्खनन् नरोके कारबाहीको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पालिकाभित्रबाट निकासी हुने ढुंगा, बालुवा संकलन तथा उत्खनन् तथा चोरी निकासी कार्य तत्काल रोक्न निर्देशन दिएको छ । 

गाउँपालिकाले एक सूचना जारी गरी प्राकृतिक ढुंगा, बालुवाजस्ता कार्य तत्काल रोक्न निर्दशन गर्दै नरोके कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

‘गाउँपालिका क्षेत्रभित्र रहेको मेलम्ची खोलालगायत अन्य स्थानबाट अवैध रुपमा ढूंगा, गिटी, बालुवा संकलन, उत्खनन् तथा चोरी निकासी कार्य भइरहको भन्ने सूचना प्राप्त भएकाले यस्तो कार्य नगर्न÷नगराउन हुने सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।