close

सुरक्षित विपन्न आवास निर्माण गर्दै ठाकुरबाबा

सुरक्षित विपन्न आवास निर्माण गर्दै ठाकुरबाबा

Trulli
ADVERTISEMENT

बर्दिया । ठाकुुरबाबा नगरपालिकाले सुरक्षित विपन्न आवास निर्माण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो ।
 
कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिनभित्र वडा कार्यालय वा नगरपालिकामा आवेदन दिन सकने पालिकाले जनाएको छ । 

सूचना अनुसार नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्रको प्रतिलिपिलगायतको कागजपत्र आवश्यक पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।