close

खोप कार्यकर्ताको लागि दरखास्त आव्हान

खोप कार्यकर्ताको लागि दरखास्त आव्हान

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले खोप कार्यकर्ताको लागि दरखास्त आव्हान गरेको छ । उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । 

सूचना अनुसार उपमहानगरपालिकाभित्रका पशुपन्छिलाई खोल लगाउने प्रयोजनार्थ खोप कार्यकर्ता आवश्यक परेकोले  केही संख्यामा दरखास्त आव्हान गरेको हो । 

योग्यता पुगेको इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र कार्यपालिका भवनमा निवेदन दिन सकिने सो सूचनामा उल्लेख गरिएको छ । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट भेटेनरी विषयमा कम्तिमा प्राविधिक एसएलसी उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन पाइने उपमहानगरपालिकाले जनाएको छ ।