close

५० प्रतिशत साझेदारीमा जौंको विउ उत्पादन गर्दै धनगढीमाई

५० प्रतिशत साझेदारीमा जौंको विउ उत्पादन गर्दै धनगढीमाई

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा जौंको विउ उत्पादन कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गदै साझेदारी कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमअन्तर्गत नगरपालिकाले ५० प्रतिशत साझेदारीमा कृषकलाई जौको विउ उत्पादन गर्न लागेको हो । सो कार्यक्रममा सहभागी इच्छुक व्यक्ति, पशु सहकारी, निजी पशु फर्म सञ्चालकले सूचना प्रकासित भएको ७ दिनभित्र आवदेन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागि हुने व्यक्तिले १० कठ्ठा जग्गामा जौको विउ उत्पादन गर्नुपर्ने छ । इच्छुक संस्थाले टिकट, नागरिकताको प्रतिलिपि  र समितिको निर्णयसहित निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ  ।