close

क्रसर उद्योगसँग विवरण माग

क्रसर उद्योगसँग विवरण माग

Trulli
ADVERTISEMENT

धनुषा । गणेशमान चारनाथ नगरपालिकाले क्रसर उद्योगहरुसँग विवरण माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उद्यागीहरुको विवरण माग गरेको हो । 

सूचना अनुसार नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण ढुंगा, रोडा, गिटी तथा बालुवा उत्खनन् तथा प्रशोधन कार्यमा संलग्न उद्योग नविकरण भएका अध्यावधिक विवरण पेश गर्न अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार आगामी ३ दिनभित्र अर्थात् पुष २४ गतेभित्र विवरण बुझाउनु पर्ने छ । विवरण नबुझाएमा कानुन बमोजिम कारबाही गरिने सो सूचनामा उल्लेख गरिएको छ ।