close

सडक क्षेत्र खाली गर्न कल्याणपुरको अनुरोध

सडक क्षेत्र खाली गर्न कल्याणपुरको अनुरोध

Trulli
ADVERTISEMENT

सिरहा । कल्याणपुर नगरपालिकाले सडक क्षेत्र खाली गर्न अनुरोध गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सडक क्षेत्र खाली गर्न अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार सडक डिभिजन कार्यालयबाट मिर्चैया-कल्याणपुर-सिरहा सडकखण्ड १५ मिटर चौडाइ सडक निर्माण कार्य भइरहेको छ । सो सडक निर्माणको लागि वडा  नम्बर १० करुन्याही, वडा नम्बर १ अर्नमा बानिनियाँ र वडा नम्बर १२ को कट्टी, बेल्हामा १५ मिटर चौडाई भित्र पर्ने र कल्याणपुर चिकना क्षेत्रमा पर्ने घर टहरा हटाउन अनुरोध गरेको हो । 

सूचना प्रकासित भएको ७ दिनभित्र सो सामग्री हटाएर खाली गर्न अनुरोध गरेको नगरपालिकाले जनाएको छ ।