close

धनगढीमाईमा शिक्षक सेवा आयोग तयारी कक्षा

धनगढीमाईमा शिक्षक सेवा आयोग तयारी कक्षा

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आधारभूत तहको अध्यापन पत्र र प्राथमिक तहको शिक्षकको तयारी कक्षा सञ्चालन गर्न लगाएको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कक्षा सञ्चालन गर्न लागेको हो । नगरपालिकाले सो कक्षामा सहभागी हुन चाहने व्यक्तिलाई आवेदन दिन अनुरोध गरेको छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । २०७९ । ०८० मा शिक्षक सेवा आयोगमा फारम भरेकालाई प्राथमिकतामा राख्ने सो सूचनमा उल्लेख गरिएको छ ।