close

आरन सुधार कार्यक्रम सञ्चालन गर्दै खनियाबास

आरन सुधार कार्यक्रम सञ्चालन गर्दै खनियाबास

Trulli
ADVERTISEMENT

धादिङ। खनियाबास गाउँपालिकाले आरन सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले सोमबार एक सुचना प्रकासन गर्दै चालु आर्थिक वर्षको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ‘आरन सुधार कार्यक्रम’ पाँचवटै वडामा सञ्चालन गर्न लागेको जनाएको छ। 

कार्यक्रममा सहभागी हुन चाहने आरन व्यवसायीहरुले व्यवसायको अवस्था स्पष्ट जानकारी खुल्ने कागजात , फोटो र सम्बन्धित वडाको सिफारिससहित पालिकामा आवेदन दिन सक्नेछन्। सुचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन पालिकाभित्रका सम्पूर्ण आरन व्यवसायिलाई गाउँपालिकाले अनुरोध गरेको छ।