close

७० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्दै खनियाबास

७० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्दै खनियाबास

Trulli
ADVERTISEMENT

धादिङ । खनियाबास गाउँपालिकाले प्रस्ताव माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै फलफूलको विरुवा माग गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ७० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्न लागेको हो । गाउँपालिकाले २५ बोट कागती, २० बोट सुन्तला र १२५ बोट केराको विरुवा वितरण गर्न लागेको हो । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । गाउँपालिकाले प्रस्ताव माग गर्न प्रथम पटक सूचना प्रकासित गरेपनि कुनैपनि आवेदन नपरेकोले पुन ७ दिन म्याद थपेको हो ।