close

विषय विशेषज्ञमा सूचीकृत हुन रत्ननगरको अनुरोध

विषय विशेषज्ञमा सूचीकृत हुन रत्ननगरको अनुरोध

Trulli
ADVERTISEMENT

चितवन ।  रत्ननगर नगरपालिकाले विषय विशेषज्ञमा सूचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार नगरपालिका शिक्षा ऐन २०७४ को दफा २२ बमोजिम करार शिक्षक तथा कर्मचारी नियुक्त गर्ने प्रयोजनका लागि दफा २१को उपदफा ९ बमोजिम सूचीकृत हुन अनुरोध गरिएको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित जेठ १५ गतेभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । स्थायी शिक्षकको रुपमा ५ वर्ष काम गरेको, शिक्षा संकायमा कम्तिमा स्नातक उत्तीर्ण गरेको र अध्यापन अनुमति पत्र प्राप्त गरेका व्यक्तिले आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।