close

बिहान विद्यालय सञ्चालन गर्न पचरौताको निर्देशन

बिहान विद्यालय सञ्चालन गर्न पचरौताको निर्देशन

Trulli
ADVERTISEMENT

बारा । पचरौता नगरपालिकाले बिहान कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै पालिकाभित्रका विद्यालयलाई बिहान कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । 

नगरपालिकाको अनुसार बढ्दो गर्मीले स्कूले बालबालिकामा स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै बिहान कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । नगरपालिकाले आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । 

सूचनाको अनुसार बिहान साढे ६ बजेदेखि ९ः१५ सम्म कक्षा सञ्चालन गर्न पाउनेछन् ।