close

भोलि १९औं काग सम्मेलन, करिब ४०० काग आउने !

भोलि १९औं काग सम्मेलन, करिब ४०० काग आउने !

Trulli
ADVERTISEMENT

काठमाडौं । यमपञ्चकको पहिलो आइतबार बिहान रत्नपार्कमा १९औं काग सम्मेलन हुने भएको छ ।

काग तिहारको अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा ग्रिन सिटी अस्पताल वसुन्धराले आयोजना गर्न लागेको हो । सम्मेलन बिहान ६ देखि ७ बजेसम्म हुनेछ । 

सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुंगीको आवाज निकाल्ने इलामका रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ । दुलालले काग सम्मेलनमा ४०० कागलाई एकै ठाउँमा जम्मा पार्ने दाबी गरेका छन् । 

विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन् । “कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्”, उनले भने । 

कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्पराअनुसार काग तिहारको दिनमा मीठा खानेकुरा दिने चलन छ ।