close

पशु बाँझोपन निवारणसम्बन्धि शिविर सञ्चालन

पशु बाँझोपन निवारणसम्बन्धि शिविर सञ्चालन

Trulli
ADVERTISEMENT

गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा बाँझोपन निवारणसम्बन्धि शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको पशु बिकास शाखाको आयोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीको सहयोगमा बाँझोपन निवारण शिविर सम्पन्न गरिएको हो।

विभिन्न कारणले पशुहरूमा गर्भ नरही उत्पादनमूलक पशुहरूमा केवल व्यवस्थापकीय भार परिरहेको अवस्थाको समाधानको लागि शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

 कार्यक्रममा अन्तर्गत डा लक्ष्मण घिमिरे, डा भरत काफ्ले र डा मदन भण्डारी किसानको गोठ गोठमा पुगेर बिज्ञ सेवा दिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए। घर घरमै पुगेर निशुल्क रूपमा पशुको जॉच गर्ने र यथेष्ट औषधि निःशुल्क प्राप्त गर्दा किसानहरू अत्यन्तै खुसी भएको बताए । 

शिविरमार्फत पशुको बाँझोपन समस्या रहेमा पशु विकास शाखाको कार्यालयमा सम्पर्कसमेत अनुरोध गरिएको जनाइएको छ ।