close

५० प्रतिशत अनुदानमा पशु वीमा गर्दै सुनकोशी

५० प्रतिशत अनुदानमा पशु वीमा गर्दै सुनकोशी

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चाेक । सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पशु वीमा गर्न थालेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमा अनुरुप पशु वीमा कार्यक्रम सञ्चालन गरेको हो । 

गाउँपालिकाको अनुसार वडा नम्बर १ बाट पशु वीमा कार्यक्रम सुरु गरेको हो । वडा नम्बर १ मा ३८ वटा पशुपन्छीहरुको ५०  प्रतिशत अनुदानमा वीमा गर्ने कार्य सम्पन्न भएको जनाइएको छ ।

वीमा गरेसँगै स्थानीय कृषक मख्ख भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार आगामी बर्ष सम्पूर्ण किसानहरुलाई आवद्ध गरी वीमा सम्पन्न गर्ने गरि कार्य निरन्तर भइरहेको छ ।