close

कृषि र पशुपालनसम्बन्धी प्रोफाइल बनाउँदै मन्थली

कृषि र पशुपालनसम्बन्धी प्रोफाइल बनाउँदै मन्थली

Trulli
ADVERTISEMENT

रामेछाप । मन्थली नगरपालिकाले कृषि तथा पशुपालनको तथ्यांक संकलन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कृषि तथा पशु पालनको तथ्यांक संकलन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार पालिकाको कृषि तथा पशुपालनसम्बन्धी प्रोफाइल तयार गर्नको लागि तथ्यांक संकलन गर्न लागेको हो । फागुन २१ गतेदेखि पालिकाभित्र तथ्यांक संकलन गरिने नगरपालिकाले जनाएको छ । 

तथ्यांक संकलन गर्नका लागि वडा कार्यालयमा कार्यरत कर्मचारी तथा कृषि प्राविधिक नगरबासीको घरघरमा आउने नगरपालिकाले सो सूचनामा उल्लेख गरेको छ । सोका लागि सोधिएका प्रश्नहरुमा सत्यतथ्य जानकारी दिन स्थानीबासी समक्ष नगरपालिकाले अनुरोध गरेको छ ।