close

बुटवलका ६ सय पशुलाई लम्पीस्किनविरुद्धको खोप

बुटवलका ६ सय पशुलाई लम्पीस्किनविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटवल उपमहानगरपालिकाले करिब ६ सय पशुमा लम्पीस्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप उपमहानगरपालिकाले खोप लगाएको हो । 

 पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेका अनुसार वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाई र भैँसीलाई लगाउने तयारी भइरहेको छ ।

बुटवलमा करीब ६७ सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उनले बताए । भैंसीमा भन्दा गाईमा बढी संक्रमण देखिएकोले सतर्कता अपनाउनुपर्ने उनले बताए ।

अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने उनको भनाइ छ।