close

उत्पादन बढाउनमा प्रतिलिटर दुधमा ४ रुपैयाँ अनुदान

उत्पादन बढाउनमा प्रतिलिटर दुधमा ४ रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

दाङ - राप्ती गाउँपालिकाले प्रतिलिटर दुधमा ४ रुपैयाँ अनुदान दिन निर्णय  गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ४ रुपैयाँ अनुदान दिने  निर्णय गरेकाे हो ।

स्थानीय कृषि सहकारी तथा डेरीमा दुध विक्री गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिने जनाइएको छ । गाउँपालिकाको पशु विकास अधिकृत जिवराज पौडेलका अनुसार अनुदानलाई वैज्ञानिक, उपयोगी र प्रभावकारी बनाउनका लागि दुधमा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाले भकारो सुधार, खोर निर्माण तथा अन्य अनुदान कार्यक्रम सञ्चालन गरेपनि सोचे अनुरुप प्रभावकारी नभएको उनले पालिकाखबरलाई बताए । ‘अनुदानको रकम लिन आउने तर पछि पशुको संख्या घटाउने गरेको पायौँ,’  उनले भने, ‘कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि दुधमा अनुदान दिन थालेका हौँ ।’

अनुदान दिनको लागि डेरी तथा सहकारीसँग कृषकसँग आवश्यक विवरण माग गरिएको र सोहीको आधारमा अनुदान दिएको उनले बताए । तर २ ३ वटा डेरी बन्द भएकाले केही पशु पालक कृषक अनुदानबाट छुटेको उनले सुनाए । 

उनका अनुसार गाउँपालिकामा करिब ३०० परिवारले दुध उत्पादन गर्दै आएका छन् ।  गतवर्ष गाउँपालिकाले प्रतिलिटर दुधमा २ रुपैयाँको दरले ७३ किसानलाई ३ लाख ४७ हजार ५ सय ६० रुपैयाँ रकम वितरण गरेको उनले बताए । उनले पालिकाबाहेक अन्य  क्षेत्रमा पनि दुध खपत हुने गरेको बताए । 

गाउँपालिकाले दुधमा अनुदान दिएपछि उत्पादनमा वृद्धि भएको उनले सुनाए ।