close

पशु र कृषिका जम्मा ३ कर्मचारी, कसरी पुग्छन् भंगाहाको घर-खेतबारी?

लेखिएको छ, ‘एक गाउँ, एक प्राविधिक कृषि सेवा शाखा, एक गाउँ एक प्राविधिक पशु सेवा शाखा’ ।

पशु र कृषिका जम्मा ३ कर्मचारी, कसरी पुग्छन् भंगाहाको घर-खेतबारी?

लेखिएको छ, ‘एक गाउँ, एक प्राविधिक कृषि सेवा शाखा, एक गाउँ एक प्राविधिक पशु सेवा शाखा’ ।

Trulli
ADVERTISEMENT

महोत्तरी - अधिकांश स्थानीय तहले शाखागत कर्मचारीलाई अधिकृत वा  शाखा प्रमुख भनेर सम्बोधन गरेको पाइन्छ । तर भंगाहा नगरपालिकाको पशु शाखा र कृषि शाखालाई गर्ने सम्बोधन फरक छ । लेखिएको छ, ‘एक गाउँ, एक प्राविधिक कृषि सेवा शाखा, एक गाउँ एक प्राविधिक पशु सेवा शाखा’ ।

सम्बोधन फरक लागेपछि सोही विषयमा कुराकानी गर्न इच्छा जाग्यो । र पशु शाखाका सरोज कुमार यादवलाई टेलिफोन सम्पर्क गरी सोधिएकाे प्रश्नमा उनले भने, ‘नगरपालिकामा पशु र कृषि शाखाको कर्मचारी थोरै मात्रै छ । त्यसैले सो सम्बोधन गरेको हो ।’

उनका अनुसार नगरपालिकाको कृषि शाखामा एक जना र पशु शाखामा दुई जना कर्मचारी कार्यरत छन् । पशु शाखाका कर्मचारी स्थानीय जनताले फोन गरेमा फिल्डमा गएर सेवा दिने उनले बताए । स्थानीय बासिन्दाको घरमा गएर पशुलाई खोप लगाउने, स्वास्थ्य परिक्षण तथा आवश्यक परामर्श दिने उनले पालिकाखबरलाई बताए । 

आफूहरु दुई जना मात्रै कर्मचारी भएकाले आलाेपालो काम गर्ने उनले सुनाए । ‘आवश्यक परेमा हामी फिल्डमा जान्छौँ  नत्र कार्यालयमै बसेर काम गछौँ,’ उनले भने । 

उनका अनुसार पालिकामा गाई, भैंसी, बाख्राँ लगायतको पशु पालन कृषकहरुले गर्दै आएका छन् । नगरपालिकामा बाख्राबाहेक करिब ३७ हजार पशु छन्। उनका अनुसार दूध संकलन टोल टोलमा हुने र मासु विभिन्न स्थानमा निर्यात हुने गर्दछ ।