close

लम्पीस्किन नियन्त्रण गर्न शाखाकाे ५० प्रतिशत बजेट खर्च

लम्पीस्किन नियन्त्रण गर्न शाखाकाे ५० प्रतिशत बजेट खर्च

Trulli
ADVERTISEMENT

सर्लाही - धनकौल गाउँपालिकाको पशु शाखामा विनियोजित रकममध्ये करिब ५० प्रतिशत रकम खर्च भइसकेको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेको रकममध्ये ५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । 

गाउँपालिकाको पशु शाखाका प्रमुख राम श्रेष्ठ महतोका अनुसार लम्पीस्किन महामारी नियन्त्रणका लागि सो रकम खर्च भएको हो । उनले गाउँपालिकाभित्रका गाई र भैंसीलगायतको पशुमा सो रोग फैलिएको तर अन्य बजेट नभएपछि सो रकम खर्च गरेको उनले पालिकाखबरलाई बताए । उनले आफैँले व्यक्तिगत जाेखिम मालेर साे रकम खर्च गरेकाे सुनाए ।

बाँकी रहेको रकमबाट घासको वीउ वितरण, घास काट्ने मेसिन, भ्याक्सिन तथा औषधि वितरण गर्ने योजना बनाएको उनले बताए । लम्पीस्किन रोगबाट गाउँपालिकाभित्र १२ वटा गाई मरेको उनले सुनाए । ती गाइको क्षतिपूर्तिको लागि गाउँपालिकाले निवेदन संकलन गरेको उनको भनाइ छ । 

उनका अनुसार गाउँपालिकाभित्र करिब २००० हजार गाई र भैंसी तथा ६००० बाख्रा पालन हुँदै आएको छ ।