close

उन्नत जातको पाठापाठी हुर्किएसँगै बाख्रा वितरण गर्ने मिर्चैयाको योजना

उन्नत जातको पाठापाठी हुर्किएसँगै बाख्रा वितरण गर्ने मिर्चैयाको योजना

Trulli
ADVERTISEMENT

सिराहा - मिर्चैया नगरपालिकामा बाख्रा वितरण कार्यक्रम बन्दै आएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुरुप १०० वटा बाख्रा वितरण गरेको थियो । 

नगरपालिकाले वितरण गरेको बाख्राबाट उन्नत जातको पाठा र पाठी हुर्किएको नगरपालिकाको पशु विकास अधिकृत नागेश्वर हाथीले पालिकाखबरलाई जानकारी दिए । उनका अनुसार नगरपालिकाले समय समयमा बाख्राको अनुगमन गर्दै आएको छ । 

उनले मासिक दुई दिन विभिन्न क्षेत्रका अनुगमन गर्दै आएको बताए । बाख्राबाट उन्नत जातको पाठा पाठी जन्मिएपछि कृषक उत्साहित भएको उनले सुनाए । उनका अनुसार नगपालिकाले गत आवमा मासुमा आत्मनिर्भर बन्नका लागि स्थानीय कृषकलाई अनुदानमा बाख्रा वितरण गरेको हो । 

उनले चालू आवमा पनि सो कार्यक्रम सञ्चालनको लागि योजना बनाएको बताए । नगरप्रमुखले सो कार्यक्रमको लागि स्वीकृत गरेसँगै पुन सञ्चादलन हुने उनको भनाइ छ  ।