close

पशु कार्यक्रमका लागि डेढ करोड माग गर्दा ५ लाखमात्र विनियोजन

पशु कार्यक्रमका लागि डेढ करोड माग गर्दा ५ लाखमात्र विनियोजन

Trulli
ADVERTISEMENT

धनुषा- बटेश्वर गाउँपालिकाले पशु शाखाको लागि ५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा पशुसम्बन्धि कार्यक्रम सञ्चालन गर्नको लागि ५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको हो । 

शाखाको लागि १ करोड ४७ लाख रुपैयाँ बजेट माग गरे पनि जनप्रतिनिधिले ५ लाख मात्रै बजेट विनियोजन गरेको गाउँपालिकाका पशु विकास अधिकृत राम अवतार महतोले पालिकाखबरलाई बताए । उनका अनुसार सो रकमबाट पशुलाई भ्याक्सिन र औषधि मात्रै वितरण गर्न पुग्ने छ । 

वडाले अनुदानमा पशु वितरणको लागि केही बजेट विनियोजन गरेको उनको भनाइ छ ।  साथै सशर्त अनुदानमार्फत पनि पशुको लागि बजेट विनियोजन भएको उनले सुनाए । 

उनका अनुसार गाउँपालिकाका अधिकांश स्थानीयले पशुपालन गर्दै आएका छन् । पशुपालनबाटै स्थानीयले घर व्यवहार सञ्चालन गर्दै आएको तर जनप्रतिनिधिले सो नबुझी कम मात्रै रकम विनियोजन गरेकोमा उनले दु:खेसो पोखे ।