close

जोखिमबाट जोगाउन ७५ प्रतिशत अनुदानमा पशु बीमा

जोखिमबाट जोगाउन ७५ प्रतिशत अनुदानमा पशु बीमा

Trulli
ADVERTISEMENT

पर्सा - पटेर्वा सुगौली गाउँपालिकाले अनुदानमा पशु बीमा गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा पशुको बीमा गर्न लागेकाे हो । 

गाउँपालिकाका पशु शाखाका प्रमुख कृष्ण थापाका अनुसार किसालाई पशुपालनमा जोड दिन र आकस्मिक रुपमा आउने प्रकोपबाट पशुमा हुने क्षति कम गर्नको लागि सो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । उनले गत आवदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई बताए । 

कार्यक्रमको लागि चालू आवमा ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । गाई, भैंसी तथा उत्पादनमुखी पशुलाई प्राथमिकतामा राखेको उनले बताए । 

उनका अनुसार पालिकाभित्र अधिकांश स्थानीय बासिन्दाले पशु पालन गर्दै आएका छन् । व्यवसायिक रुपमा करिब ४० वटा फार्म सञ्चालनमा रहेको उनले सुनाए ।