close

तिरहुतमा बाख्रा प्याकेज कार्यक्रम

तिरहुतमा बाख्रा प्याकेज कार्यक्रम

Trulli
ADVERTISEMENT

सप्तरी - तिरहुत गाउँपालिकाले बाख्राको प्याकेज कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाले आर्यआर्जनमा बृद्धि गराउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

गाउँपालिकाको पशु शाखा पशु संयोजक कैलाश प्रसाद यादवका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१  मा सो कार्यक्रमको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उनले व्यवसायिक रुपमा बाख्रापालन गर्ने कृषकलाई सो कार्यक्रममार्फत समेटिने पालिकाखबरलाई बताए । 

उनका अनुसार कार्यक्रमको लागि गाउँपालिकाले आवेदन माग गर्ने, आवेदकहरुको फार्मलाई अनुगमन गरी वितरण गर्ने छ  । बाख्रा पालनको लागि अनुगमन, नश्ल सुधार तथा तालिम सञ्चालन गरिने उनले सुनाए । 

उनका अनुसार गाउँपालिकाको उत्तरी भेगमा बाख्रापालन हुँदै आएको छ । उत्पादित बाख्रालाई व्यापारीमार्फत बिक्री वितरण गरिने उनको भनाइ छ ।  ।