close

कृषिप्रधान पालिकामा पशु शाखाको बजेट कटौती

कृषिप्रधान पालिकामा पशु शाखाको बजेट कटौती

Trulli
ADVERTISEMENT

रोल्पा - सुनिलस्मृती गाउँपालिकाले पशुपन्छी शाखाको लागि गत आर्थिक वर्षको तुलनामा कम बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा ५० प्रतिशत बजेट कटौती गरेको हो । 

गाउँपालिकाको पशु विकास शाखाका पशु चिकित्सक अशोक कुमार केशरीका अनुसार चालू आवमा पशुपन्छिको लागि पालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गत आवमा १५ लाख र आव २०७८/०७९ मा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई सुनाए । 

विनियोजित बजेटमार्फत औषधि खरिद, कृत्रिम गर्भाधान, सेवा केन्द्रमार्फत उपचारलगायतको कार्यक्रम सञ्चालन हुने उनले बताए । उनका अनुसार गाउँपालिकाभित्र अधिकांश कृषि तथा पशुपालक कृषक भए पनि पालिकाले विकास निर्माणमा बजेट विनियोजन गरेको हो । 

बजेटको अभाव भएको भन्दै विद्यालयको भवन निर्माण, सडक निर्माण तथा विकास निर्माण कार्यमा बढी बजेट विनियोजन भएको उनको भनाइ छ । पालिकाले दिएको बजेटको आधारमा रहेर काम गर्ने उनले सुनाए ।