close

पशुपंक्षी शाखालाई भोजपुरको पाँच लाख रुपैयाँ

पशुपंक्षी शाखालाई भोजपुरको पाँच लाख रुपैयाँ

Trulli
ADVERTISEMENT

भोजपुर– भोजपुर नगरपालिकाले पशुपंक्षी क्षेत्रको लागि पाँच लाख रुपैयाँ छुट्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा संघीय शसर्त अनुदान बाहेक ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । 

पालिकाको बजेट नै न्युन रहेकाले नगरपालिकाले पशुपंक्षी शाखाको लागि थोरै बजेट मात्र छुट्याउन सकेको शाखा प्रमुख सन्तोष कटुवालले बताए । उनको अनुसार सो बजेट पशुको उपचार र भ्याक्सिनेसनको लागि खर्च गर्न मात्र सकिन्छ ।

यस्तै संघीय शसर्त अनुदानबाट भने नगरपालिकामा पकेट क्षेत्र बनाएर पशुपंक्षीमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन हुने उनले पालिकाखबरलाई बताए ।