close

बहुदरमाईमा पशुका लागि १० लाख बजेट : अधिकांश रकम कर्मचारीकाे तलब

बहुदरमाईमा पशुका लागि १० लाख बजेट : अधिकांश रकम कर्मचारीकाे तलब

Trulli
ADVERTISEMENT

पर्सा - बहुदरमाई नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा पशु शाखामा लागि कर्मचारीको तलब भत्ताको लागि मात्रै बजेट विनियोजन गरेको छ ।  नगरपालिकामा बजेट अभाव भएको भन्दै पालिकाले कर्मचारीको लागि मात्रै बजेट विनियोजन गरेको हो । 

नगरपालिकाको कृषि तथा पशु सेवा शाखाका भेटेरनरी अधिकृत महेशप्रसाद शाहका अनुसार चालु आवमा पशु शाखाको लागि १० लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये करिब आधा बजेट प्राविधिक कर्मचारी तथा सेवा केन्द्रका लागि रहेको उनले पालिकाखबरलाई बताए ।

शाखाको कार्यक्रमको लागि जनप्रतिनिधिसँग बढी बजेट माग गरेता पनि कम विनियोजन भएको उनले बताए । जनप्रतिनिधिले स्थानीय बासिन्दाभन्दा पनि कार्यकर्तालाई पोस्ने गरेको आरोप उनको छ । उनले भने, ‘जनप्रतिनिधिले वडाध्यक्षले भनेका कुरालाई मात्रै मान्नु हुन्छ ।’ आफू नगरपालिकामा आफू कार्यरत रहेदेखि सो समस्या भोगेको उनले सुनाए । 

विनियोजित रकमबाट पशुको लागि आवश्यक औषधी खरिद गरिने उनको भनाइ छ । पालिकाभित्र १०० जनाले दर्ता गरी पशुपालन गर्दै आएका छन् भने अधिकांशले पशु पालन गर्दै आएको उनले सुनाए ।