close

बलान बिहुलका पशुमा बाँझोपनको समस्या

बलान बिहुलका पशुमा बाँझोपनको समस्या

Trulli
ADVERTISEMENT

सप्तरी - बलान बिहुल गाउँपालिकामा पशुहरुमा बाँझोपनको समस्या देखिएको छ । गाउँपालिकाभित्र पालिएका गाई तथा भैंसीमा सो समस्या देखिएको हो । 

गाउँपालिकाको पशु अधिकृत नथुनि मण्डलका अनुसार गाउँपालिकाभित्र करिब ३०० वटा पशुमा सो समस्या देखिएको छ । गाउँपालिकाले पशुको बाँझोपनको समस्या नियन्त्रणका लागि शिविर सञ्चालन गर्दै आएको उनले पालिकाखबरलाई बताए । उनका अनुसार गाउँपालिकाभित्र करिब सात हजार गाई तथा भैंसी पालिएका छन् । 

गाउँपालिकाभित्रका पशुहरुमा धेरै समस्या भएपनि पालिकाले आवश्यक बजेट विनियोजन नगरेको उनको गुनासो छ । समस्या समाधानको लागि जनप्रतिनिधिसँग बजेट धेरै माग गरेपनि थोरै मात्रै विनियोजन हुने भएकाले सबै कृषकको समस्या समाधान हुन नसकेको उनले बताए । 

गाउँपालिकाले विनियोजन गरेको बजेटबाट औषधी खरिद, हिउँदे घाँस वितरण तथा कृत्रिम गर्भाधानको  कार्यक्रम सञ्चालन गरिने उनले सुनाए ।