close

बाख्रापालनबाट एउटै गाउँपालिकामा करिब ५० लाख भित्रियो

बाख्रापालनबाट एउटै गाउँपालिकामा करिब ५० लाख भित्रियो

Trulli
ADVERTISEMENT

महोत्तरी - सोनमा गाउँपालिकाले बार्षिक रुपमा एक हजारभन्दा खसी तथा बोका बिक्री गर्दै आएको छ । गाउँपालिकाले दसै तिहारसँगै अन्य चाडपर्व लक्षित गरी खसी तथा बोका बिक्री गर्दै आएको हो । 

गाउँपालिकाको पशु शाखाका शाखा अधिकृत यदुन राय यादवका अनुसार पालिकाभरी करिब १५ हजार बाख्रा, बोका तथा खसी पालन हुँदै आएको छ । गाउँपालिकामा उत्पादन भएको खसी तथा बोकालाई बजारमा लगेर वा व्यापारीमार्फत विभिन्न जिल्लामा बिक्री हुँदै आएको उनले पालिकाखबरलाई बताए । उनका अनुसार गाउँपालिकाको मुख्य पेशा नै पशुपालन तथा कृषि हो । 

गाउँपालिकामा पशु तथा कृषिजन्य उत्पादित सामग्रीको बजारीकरणको लागि प्रत्येक हप्ताको बिहीबार र सोमबार हाट बजार लाग्ने उनले बताए । सोही बजारमार्फत स्थानीय उत्पादनित सामग्रीलाई बिक्री गर्न सहज भएको उनको भनाइ छ । 

बाख्रा पालनलाई थप आकर्षित बनाउनका लागि गाउँपालिकाले बयर बोका वितरण तथा तालिम सञ्चालन गर्दै आएको उनको बताए । तर चालू आवमा सो कार्यक्रमको लागि बजेट विनियोजन नभएको उनले सुनाए ।