close

पशुको परिक्षण गर्न हरिवनमा भेटेनरी अस्पताल

पशुको परिक्षण गर्न हरिवनमा भेटेनरी अस्पताल

Trulli
ADVERTISEMENT

सर्लाही - हरिवन नगरपालिकाले भेटेनरी अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले अन्तराष्ट्रिय रेबिज दिवसको अवसरमा पारी अस्ताल सञ्चालनमा ल्याएको हो । 

नगरपालिकामा अस्पताल सञ्चालनमा ल्याएसँगै पशुपन्छीको उपचारको लागि सहज भएको पालिकाको पशु विकास शाखाका अधिकृत जग्गनाथ लामाले पालिकाखबरलाई बताए । संघीय सरकारले अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण्क गरेसँगै आवश्यक कर्मचारी तथा भौतिक पूर्वाधारको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको उनले सुनाए । 

उनका अनुसार नगरपालिकाले अस्पतालको लागि चालू आर्थिक वर्ष २०८०/०८१ मा ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकमबाट आवश्यक औषधी तथा व्यवस्थापन गरिने उनले बताए । अस्पतालमा एक जना भेटेनरी डाक्टर, एक जना अधिकृत र २ जना प्राविधिकसहित चार जना कर्मचारीको व्यवस्थापन गरिएको छ । 

अस्पतालबाट पशुसम्बन्धि सम्पूर्ण रोगबारे परिक्षण गरिने उनले बताए । नगरपालिका चालु आवमा ३० र संघीय सरकारले २४ गरी पशु शाखाका लागि ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले सुनाए ।