close

दुईपटक पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने

दुईपटक पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

ललितपुर– वागमती गाउँपालिकाले चालु आर्थिक वर्षमा दुईपटक पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । पशु स्वास्थ्य जाँच गर्न टाढा रहेको स्थानमा गाउँपालिकाले शिविर सञ्चालन गर्न लागेको हो । 

पशु स्वास्थ्य शिविरमा गाई, भैँसी, कुखुरा, बाख्रा, कुकुर आदि जनावरको स्वास्थ्य परिक्षण गरिने गाउँपालिकाका पशु स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद अधिकारीले बताए । ‘गाउँ कार्यपालिकाले शिविर कहिले र्ने भनेर निर्णय गर्छ । कार्यपालिकाको निणर्यअनुसार स्वास्थ्य परिक्षणको पहुँचभन्दा टाढा रहेको क्षेत्रमा शिविर सञ्चालन गछौँ,’ उनले पालिकाखबरसँग भने ।

उनले पशु सेवा शाखाको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । उनको अनुसार सो बजेटबाट पशुको उपचार सेवा तथा औषधि प्रदान गर्ने, खोप कार्यक्रम सञ्चालन गर्ने तथा प्रयोगशाला सञ्चालन गरिने छ ।