close

गाउँपालिकाको अनुदानमा पशु बीमा

गाउँपालिकाको अनुदानमा पशु बीमा

Trulli
ADVERTISEMENT

रुपन्देही - ओमसतिया गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पशु बीमा गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुरुप पशु बीमा गर्न लागेको हो । 

गाउँपालिकाको पशु शाखाका पशु चिकित्सक सतिस रसालीका अनुसार चालु आवमा पशु बीमाका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत गाई भैंसी तथा उत्पादनमुखी ठूला पशुको बीमा गरिने उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार नेपाल सरकारले ७५ प्रतिशत तथा बाँकी २५ प्रतिशत गाउँपालिका र कृषकले आधा/आधा व्यर्होने छ । बीमाका लागि बीमान संस्थाले पशुमा ट्याग लगाउने र इच्छुक कृषकले पालिका आवेदन दिन सक्ने उनले बताए । उनका अनुसार गाउँपालिकामा १५३ वटा पशु फार्म दर्ता भएका छन् ।