close

एउटै पालिकामा ६५ हजार पशुपालन

एउटै पालिकामा ६५ हजार पशुपालन

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाधाम नगरपालिकाले पशुपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । नगरपालिका पशुपालनका लागि पकेट क्षेत्र भएकाले प्राथमिकतामा दिँदै आएको हो । 

नगरपालिकाको पशु शाखाका प्रमुख विष्णुदेव यादवका अनुसार पालिकाभित्र करिब ६५ हजार वटा पशु रहेका छन् । सोमध्ये १८ हजार भैंसी, चार हजार पाँच सय गाई तथा ४० हजार बाख्रा रहेको उनले पालिकाखबरलाई बताए । 

नगरपालिकामा पालिका भैंसी दशैँ र होलि लक्षित गरी बेच्ने उनले सुनाए । बाख्रा, खसी तथा बोका वर्षभरी बेचविखन हुने उनले बताए । तर बिक्री गरिएका पशुबारे पालिकासँग एकीन तथ्यांक नभएको उनको भनाइ छ । 

नगरपालिकाले पशु पालनलाई प्राथमिकतामा राखी  पशु स्वास्थ्य शिविर, पशु क्लिनिक र व्यावसायिक तालिम सञ्चालन गर्दै आएको उनले सुनाए । नगरपालिकाले दूधको परिक्षण, कृत्रिम गर्भाधान, गोबर परिक्षण तथा आवश्यकताको आधारमा घरघरमै पशुसम्बन्धि परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । तर पालिकामा कर्मचारीमा अभाव भएकाले पशु सम्बन्धि कार्यक्रम सञ्चालन गर्न केही समस्या भएको उनको गुनासो छ ।