close

गाउँपालिकालाई किसानको उत्पादन थाहा छ तर बजारीकरणमा छैन सहयोग

गाउँपालिकालाई किसानको उत्पादन थाहा छ तर बजारीकरणमा छैन सहयोग

Trulli
ADVERTISEMENT

बारा - फेटा गाउँपालिकामा दूध संकलन र्ने सहकारी संस्था तथा डेरी नभएपछि कृषकले दूधले बजार पाउन सकेका छैनन् । 

गाउँपालिकामा दैनिक एक हजार ५०० लिटर दूध उत्पादन हुन्छ । गाउँपालिकाको पशु शाखाका प्रमुख मुकेशप्रसाद यादवका अनुसार पालिका क्षेत्रभित्र करिब चार हजारभन्दा बढी कृषकले दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूध उत्पादक कृषकले निजी व्यापारी तथा डेरीमा बेच्ने गरेको पालिकाखबरलाई बताए । बजारीकरणको लागि समस्या भएपछि दूध उत्पादक कृषकहरु समस्यामा परेको उनको भनाइ छ । 

गाउँपालिकाले दूधको बजारीकरणका लागि कुनै कार्यक्रम नल्याएको उनले सुनाए । चालु आर्थिक वर्ष २०८०/०८१ मा पशु शाखाले दूधको बजारीकरणको लागि कार्यक्रम समावेश गरे पनि स्वीकृत भए वा नभएको जानकारी नभएको उनले बताए । 

तर गाउँपालिकाले पशु पालनलाई जाृढ दिँदै आएको उनको दावी छ । उनका अनुसार गाउँपालिकाले पशु पालनका लागि घाँसको बीउ वितरण, पशुको बाँझोपन निवारण, घाँस काट्ने मेसिन,  खोप नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।