close

गाईबस्तु मर्दा कर्मचारीलाई धम्की

गाईबस्तु मर्दा कर्मचारीलाई धम्की

Trulli
ADVERTISEMENT

रुपन्देही- गैडहवा गाउँपालिकाका पशु शाखाका कर्मचारीले उपचारमा समस्या आएमा मुद्दाको धम्की व्यहोर्दै आएका छन् । गाउँपालिका क्षेत्रभित्रका बिरामी उपचारपछि पशु निको नभएमा कर्मचारीलाई पशुपालक कृषकले मुद्दाको धम्की दिन गरेका हुन् । 

गाउँपालिकाको पशु सेवा प्राविधिक नारायण दर्लामीका अनुसार पालिकाभित्रका केही क्षेत्रमा स्थानीय बासिन्दाले कर्मचारीलाई सो धम्की दिन गरेका हुन् । उपचारकै क्रममा पशुको मृत्यु भएमा पालिकाको अध्यक्ष र उपाध्यक्षलाई सम्बन्धित कर्मचारीबारे उजुरीसमेत गर्ने गरेको उनले सुनाए । ‘अहिलेसम्म मुद्दा त भोगेका छैन । तर मुद्दाको धम्की पाएको छु । साथै, गाउँपालिकाको अध्यक्ष र उपाध्यलाई उजुरीसमेत गर्छन्,’ उनले पालिकाखबरसँग भने ।

केही स्थानीय बासिन्दा पशु बिरामी भएमा उपचार नगर्ने र उपचार गर्नु परेम परम्परागत  शैलीबाट गर्ने गरेको उनको अनुभव छ । सो समुदायमा पशुपालनसम्बन्धी जानकारी दिनसमेत समस्या हुने उनको भनाइ छ । गाउँपालिकाले पशु पालनमा जोड दिनको लागि चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । 

सो कार्यक्रमबाट आहारासम्बन्धी वितरण वर्षे तथा हिउँदे घाँस वितरण, पशु स्वास्थ्य शिविर तथा विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले सुनाए । तर गाउँपालिकामा कर्मचारीको अभाव भएकाले काम गर्न केही समस्या भएको उनको भनाइ छ । उनका अनुसार गाउँपालिकामा दक्ष जनशक्ति कर्मचारी अभाव छ ।