close

घरघरमा पुगेर कृषि तथा पशु परामर्श दिँदै गल्याङ

घरघरमा पुगेर कृषि तथा पशु परामर्श दिँदै गल्याङ

Trulli
ADVERTISEMENT

स्याङ्जा- गल्याङ नगरपालिकाले कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले पशु पालक कृषकको सहजताको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार पालिकाले भाेलि शुक्रबार पालिकाको वडा नम्बर ८ मा सो कार्यक्रम सञ्चालन गरिने छ । पालिकाको सम्बन्धित स्थानहरुमा नै पुगेर किसान महानुभावहरुको कृषि तथा पशु सम्बन्धी समस्या समाधान गर्ने उद्देश्य सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको कर्मचारी स्थानीय बासिन्दाको घरमा पुगेर कृषि तथा पशुसँग सम्बन्धित समस्याबारे जानकारी लिनुका साथै परामर्श पनि दिइने जनाइएको छ ।