close

प्रदेश प्रमुख शर्मासमक्ष लेखा परीक्षण प्रतिवेदन पेश

प्रदेश प्रमुख शर्मासमक्ष लेखा परीक्षण प्रतिवेदन पेश

Trulli
ADVERTISEMENT

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष महालेखा परीक्षकको कार्यालयबाट बागमती प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन बुझाइएको छ । 

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक लेखा परीक्षण प्रतिवेदन बुझाएका हुन् । 

प्रतिवेदन बुझाउने कार्यक्रममा नायव महालेखा परीक्षक आचार्यले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा गरेको आर्थिक कारोबारको लेखा परीक्षण गरी तयार पारिएको प्रतिवेदनबारे चर्चा गरेका थिए । 

प्रतिवेदनबारे जानकारी लिँदै प्रदेश प्रमुख शर्माले नेपालको संविधान बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखा परीक्षकबाट आर्थिक वर्ष २०७७/०७८ को बागमती प्रदेशभित्रका सार्वजनिक निकायको लेखाको परीक्षण गरी तयार गरिएको प्रतिवेदनले सुशासनलाई अंगीकार गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । 

साथै, महालेखा परीक्षकको कार्यालयको सक्रियताले सार्वजनिक हितमा प्रभावकारी प्रतिफल दिने गरी आर्थिक क्रियाकलाप संचालन गर्न प्रदेशका सम्बद्द सार्वजनिक निकायलाई मार्गदर्शन गर्न र बेरुजु घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।