close

भारतले घटायो पेट्रोलमा १५ रुपैयाँ ७६ पैसा, तर तत्काल मूल्य नघटाउने निगमको संकेत

भारतले घटायो पेट्रोलमा १५ रुपैयाँ ७६ पैसा, तर तत्काल मूल्य नघटाउने निगमको संकेत

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

शनिबार नेपाललाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

तर, नेपाल आयल निगमले यसअघिको नोक्सानीको असर परिरहेकाले तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताए । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ ।