close

नेपालबाट सिमेन्टपछि पहिलो पटक टिएमटी रड भारत निर्यात

नेपालबाट सिमेन्टपछि पहिलो पटक टिएमटी रड भारत निर्यात

Trulli
ADVERTISEMENT

रुपन्देही । नेपालबाट सिमेन्टपछि श्री स्टिलले टिएमटी रड भारत निर्यात सुरु गरेको छ । 

यससँगै सिमेन्टपछि पहिलो पटक रडको निर्यात सुरु भएको छ । श्री स्टिलले निर्यातको उदघाटन गर्दै पहिलो खेपमा १ ट्रकमा ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो ।आगामी दिनमा भारतको माग अनुसार निरन्तरताका साथै निर्यात बढाउने उद्देस्य रहेको श्री स्टिल प्रालिका सञ्चालक राजेश अग्रवालले जानकारी दिए । 

हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार निर्यात सुरु गरिएको उनले बताए । कहिले लोडसेडिङ, कहिले विद्युत् ट्रिपिङको समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गरेको र विभिन्न समस्यासँग जुध्दै चुनौतीको सामना गर्दै आज अन्य देश निर्यातको सुरुवात गरेको उनको भनाइ छ । 

अग्रवालले भने 'यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हो ।'

यसले नेपाल भारतबीच भएको व्यापार घाटा केही हदसम्म कम गर्ने बताए । उनले वर्षको १५ लाख मेट्रिक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको बताए । केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टील्स टिएमटी रड उत्पादन गर्दै आएको प्रालिका ब्राण्ड म्यानेजर दीपक शाहले बताए ।

उनले कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम रड उत्पादन गर्दै आएको जानकारी दिए ।

उनले आकार र तौलमा एकरुपता श्री स्टील्सका विशेषता भएको बताए प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८०० टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ । यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्राण्ड भएको शाहले दावी गरे ।

तीन अरब लगानी रहेको रोहिणी गाउँपालिका –३ सेमरहवास्थित श्री स्टील्स प्रालीमा ५०० जना प्रतक्ष्य रुपमा रोजगार पाएको शाहले बताए । प्रालिका प्रबन्ध निर्देशक राजेश अग्रवालको अध्यक्षता, रोहिणी गाउँपालिका अध्यक्ष विध्याप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिका-३ का वडाध्यक्ष वीरबहादुर क्षत्री, प्रालिका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवाल, भारतका आयातकर्ता मनोज अग्रवाल लगायत उपस्थित थिए ।